ओखलढुंगा । बिरामी बोकेर हिडेको सुमो दुर्घटना हुँदा आमाछोरा सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित भँडारे खोलामा सुमो दुर्घना भएको हो ।
दुर्घटनामा परि खोटाङको केपिलासगढी गाउँपालिका ३ कि ५६ बर्षिया मायादेवी गुरुङ, निजको २८ बर्षिय छोरा पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ कि ४५ वर्षिया तारा गुरुङको मृत्यु भएको छ । मृतक सबैजना एकै परिवारको हुनसक्ने बुझिएको छ ।
दिक्तेलबाट बिरामी लिएर काठमाण्डौ जाँदै गरेको सुमो बिहिबार (आज) बिहान करिब ६ः३० बजेको समयमा सडकबाट झन्डै ७० मिटर तल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । ना १ ज ६४२१ नम्बरको उक्त सुमो खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाणडौ जाँदै गरेको बताइएको छ। सुमो राती नै दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।
सुमोमा कति जना सवार थिए भन्ने आधिकारिक जानकारी आइसकेको छैन । घटना बारे बिस्तृत बिबरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
तस्वीर : सामाजिक संजालबाट