ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ७ बिगुटार स्थित दोल्पुको एक गोठमा अचानक आगलागि हुँदा पशुचौपाया मरेका छन । स्थानीय डिल्लीबहादुर कार्कीको गोठमा आज (आईतबार) बिहान करिब ३ बजेतिर आगलगाी भएको थियो ।
आगलागीबाट उनको गोठमा बाँधेर राखेको १ वटा भैँसी र २ वटा खसीबाख्रा मरेका हुन । त्यस्तै एउटा भैँसी १ वटा भैँसीको पाँडो र २ वटा खसीबाख्रा आगोले जलेर घाईते भएका छन । उक्त आगलागीबाट करिब २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानीयबासी र प्रहरीको सयुक्त प्रयासमा पुर्ण रुपमा नियन्त्रणमा लिएको छ ।


