• २०८२, २५ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । एक किशोरीलाइ सामुहिक बलात्कार गरेको अभियोगमा ५ जना किशोर पक्राउ परेका छन । जिल्लाको मोलुङ गाउँपालिका २ का ५ जना किशोरलाइ आज (मंगलबार) प्रहरीले पक्राउ गरेको हो ।

गत आइतबार ती किशोरहरुले स्थानीय एक किशोरलाई सामुहिक बलात्कार गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनिहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १५ देखि १७ बर्ष उमेर सम्मका रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । पक्राउ परेका मध्ये २ जनाले किशोरीलाई समाएको र अन्य ३ जनाले जबरजस्ती बलात्कार गरेको खुल्न आएको बताइएको छ ।

घटनामा सम्लग्न सबैको परिचय गोप्य राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!