• २०८२, २५ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । देशभरका ७५ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई ब्यायाम, स्वास्थ्य परिक्षण,पुस्तक, खेलकुद तथा बाद्यबादन एंव अत्यावश्यक सामग्रीहरु हस्तारणतरणको राष्ट्रिय अभियान २०८२ ओखलढुंगाबाट सुरु गरिएको छ । १८ औँ गणतन्त्र दिवशको अवशर पारेर मदरल्याण्ड तेक्वान्दो डोेजाङ सिद्धिचरण नगरपालिका ५ ले जिल्ला स्थित विभिन्न संघ संस्थाको सहयोगमा आज (बिहीबार) बाट अभियानको थालनी गरेको हो ।

अभियान अन्तरगत आज जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुका लागि निशुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै २ दर्जन बढी पुस्तक, खेलकुदका सामग्री, बाद्यवादन र अन्य अत्यावश्यकिय सामग्री समेत वितरण गरिएको छ ।

यस भन्दा अघिल्ला वर्षहरुमा पनि मदरल्याण्ड देक्वान्दो डोजाङले गणतन्त्र दिवशको अवशरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई विभिन्न अत्यावश्यकिय साम्रगीहरु वितरण र उनिहरुको स्वास्थ्य परिक्षण गर्दै आएको थियो । यस वर्षबाट भने उक्त कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा सञ्चालन गर्न लागिएको मदरल्याण्ड तेक्वान्दो डोजाङका अध्यक्ष देवराज दाहालले जानकारी दिए ।

सबै  नागरिकको समान रुपमा बाँच्न पाउने अधिकारलाई ध्यानमा राख्दै आफुहरुले देशभरका कारागारमा राष्ट्रिय अभियानकै रुपमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाई छ । अभियान सञ्चालनका लागि जिल्ला स्थित कतिपय सरोकारवालावाला निकायले खासै राम्रो समन्वय नगरेको भन्दै उनले दुख समेत ब्यक्त गरे । यो अभियानले देशभरका कारागारमा रहेका कैन्दीबन्दीहरुको स्वास्थ्यमा थोरै भएपनि फाईदा पुग्ने आफुहरुले अपेक्षा गरिएको दाहालले बताए ।

मदरल्याड तेक्वान्दो डोजाङले थालेको उक्त अभियानलाई जिल्ला स्थित विभिन्न स्वास्थ्य संस्था, वडा कार्यालय र संघस्थाहरुले साथ दिएका छन । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको अभियान उद्घाटन कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!