• २०८२, ३ असार मंगलवार
0 COMMENTS

ओखलढुंगा । करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ३ तनुवाकि करिब ४६ वर्षिया विष्णुमाया सुनुवारको मृत्यु भएको हो । आज (मंगलबार) करिब १२:३० बजेतिर उनि आफ्नै घरमा मल्टिप्ल्कमा चार्जेवल टर्च चार्जमा लगाइरहेकी थिइन ।

सोही क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछी इलाका प्रहरी कार्यालय खिजिफलाटेको प्रहरी टोली घटनास्थल तर्फ खटिएको छ ।

घटना बारे थप विबरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्विर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!