• २०८२, ३ असार मंगलवार
0 COMMENTS

ओखलढुंगा । घाँस काट्न गएका एक वृद्ध घासको भारी सङै मृत भेटिएका छन । जिल्लाको सुनकोशी गाउँपालिका – ६ भुल्के बस्ने ७९ बर्षिय भिमप्रसाद गौतम मृत भेटिएका हुन ।

मंगलबार बिहान करिब ६ बजेतिर उनी घरबाट घाँस काट्न भनी हिडेका थिए । अबेर सम्म पनि घर फर्कि नआएकोले आफन्तले खोजतलास सुरु गरेका थिए । सोही क्रममा दिउँसो ३ बजे तिर घर देखि झण्डै २५० मिटर टाढा पानी टयाङकी छेउको बाटोमा घासँको भारी सँगै लडि मृत अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछी नजिकको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरी टोली त्यसतर्फ खटिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको र बिस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!