• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । जबरजस्ती करणी कसुरमा एक पुरुष जेल चलान भएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ७ का ५२ वर्षीय पुरुष रितेन्जी शेर्पालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

ती पुरुषले गत साउन १ गते मोलुङ गाउँपालिका–२, ढुस्के भन्ने स्थानको सार्वजनिक जंगलमा एक महिलालाइ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत ओखलढुंगाको आदेश पछि ती पुरुषलाई आज (बिहीबार) थुनामा पठाइएको हो ।

यसैबिच सिद्धिचरण नगरपालिका ७ कै एक १७ बर्षिय नाबालकलाई पनि बालसुधार गृह पठाइएको छ । ती बालकले गत असार ३१ गते एक युबतीलाइ जबरजस्ती करणी गरेका थिए ।

जिल्ला अदालतको हिजोको आदेश अनुशार उनलाइ बाल सुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

तस्बिर सौजन्य : जिप्रका ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!