ओखलढुंगा । अरिङ्गालको टोकाइबाट एक महिला घाइते भएकी छिन । जिल्लाको लिखु गाउँपालिका–४ बरडाँडाकी ६० वर्षीया कर्णमाया नेपाली अरिङ्गालको आक्रमणमा परेकी हुन ।
गत साउन २९ गते साझ करिब ५ बजेतिर घर नजिकैको जङ्गलमा उनि घाँस काट्न गएकी थिइन । जंगलमा घाँस काट्ने क्रममा ४/५ वटा अरिङ्गालले उनको अनुहार र हातमा टोकेको थियो । त्यसपछी उनी अस्वस्थ भई घरमै बसेकी थिइन ।
यस बारे आज (बुधबार) बिहान ८:५० बजेतिर मात्र प्रहरी चौकी यसलाई जानकारी प्राप्त भएपछि घटना सार्बजनिक भएको हो। जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी यसमबाट खटिएको प्रहरी टोलीले उनलाइ तत्काल उपचारको लागि रामेछापको साँगुटारस्थित सत्यलभ मेडिकल तर्फ पठाइएको छ।
उपचारमा पीडितको छोरा समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्बिर


