ओखलढुंगा । दुम्सी खोज्न गएका एक पुरुष ढुङ्गाको चेपमा फसेका छन । जिल्लाको चम्पादेवी गाउँपालिका ३ तिलबारीका करिब ५५ बर्षका रामबहादुर तामाङ यस्तो अबस्थामा भेटिएका हुन ।आज (शनिबार) दिउँसो करिब २:३५ बजेतिर सोही ठाउँको दुम्सी ओडारे स्थित भिरको ढुंगाको चेप ( करिब १०–१५ फिट ) भित्री भागमा फसेको अवस्थामा उनी भेटिएका थिए ।
उक्त घटना सम्बन्धी जानकारी दिउँसो ३ बजेर ४० मिनेटमा प्रहरे चौकी ताप्के डाँडामा प्राप्त भएको थियो। जानकारी प्राप्त भएपछि तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
स्थानीयवासीहरूको सहयोगमा (यो समाचार तयार पार्दासम्म) उद्धार कार्य जारी रहेको र घटना बारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।
तस्बिर सौजन्य : जिप्रका ओखलढुंगा


