ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–६ बोहोरेमा एक बृद्ध दम्पतीको लुटपाट र हत्याको घटनामा सम्लग्न आरोपितलाइ प्रहरीले पक्राउ गरेको छ । गत माघ १२ गते राती स्थानीय ८१ वर्षका चन्द्र बिक्रम राई र उनकी पत्नी चन्द्रमाया राइको लुटपाट पश्चात हत्या भएको थियो । लामो समयको खोज अनुसन्धान पश्चात नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) सहितको टोलिले आरोपितलाई काठमाण्डौबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाइ आज(शनिबार) ओखलढुंगा ल्याइदै गरिएको प्रहरीले जनाएको छ ।
आरोपित गाउँकै २ जना रहेको बुझिएको छ । यद्यपि प्रहरीले भने कति जना पक्राउ परे? आरोपित कहाँका हुन भनेर प्रहरीले खुलाइसकेको छैन । जिल्ला ल्याएर थप अनुसंधान पश्चात भोलि (आइतबार) सार्बजनिक गरिने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए । प्रहरीका अनुसार घरमा एक्लै रहेका दम्पतीमाथि आक्रमण गरी नगद तथा बहुमूल्य सामग्री लुटपाट गरेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि फरार रहेका मुख्य अभियुक्तलाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


