• २०८२, ५ फाल्गुन मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धीचरण नगरपालिका–५ बर्णालुमा प्रथम वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको आयोजनामा स्थानीय खेल मैदानमा आज (शनिबार) देखि प्रतियोगिता सुरु गरिएको हो। ५–ए–साइड ढाँचामा सञ्चालन भएको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा वडा भित्र तथा आसपासका क्षेत्रबाट गरी १५ टिमको सहभागिता रहेको वडा सचिव कृष्णप्रसाद दाहालले जानकारी दिए । सिद्धिचरण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख फडिन्द्र कट्वालको प्रमुख आतिथ्यता र वडा नम्बर ५ का वडा अध्यक्ष डिल्लीशेर राइको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कट्वालले गाउँघरमै खेलकुद गतिविधि विस्तार गर्दा स्थानीय खेलाडीको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि र खेल संस्कृतिको विकासमा सहयोग पुग्ने बताए । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि खेलकुदप्रति आकर्षण बढ्दै गइरहेको अवस्थामा यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र अनुशासित समाज निर्माणमा टेवा पुग्ने उनले अपेक्षा गरिएको ब्यक्त गरे ।

त्यस्तै वडा अध्यक्ष राइले स्थानीयस्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै युवाहरुलाई सकारात्मक क्रियाकलापतर्फ उन्मुख गराउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३० हजार ३३०, २० हजार २२० र १० हजार ११० रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताले बर्णालुमा खेलकुदको माहोल तताएको छ भने दर्शकहरुको उल्लेखनीय उपस्थितिले थप उत्साह थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!