• २०८२, २३ फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियाेकले पर्यवेक्षक अभिमुखिकरण सम्पन्न गरेकाे छ । ओखलढुङ्गा जिल्ला समितिकाे आयाेजनामा (आज) शनिवार आसन्न प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण कार्यका लागि खटाइने परिवेक्षकहरूको अभिमुखीकरण सम्पन्न गरेकाे हाे । एक दिवसीय प्रशिक्षणमा पर्यवेक्षकहरुकाे दायित्व र भूमिकाबारे प्रशिक्षक तथा नियाेक जिल्ला समितका सचिव शिवप्रसाद ढुंगानाले सहजिकरण गरेका थिए । जिल्लाका ८ स्थानीय तहमध्ये नियाेकले ७ तहमा पर्यवेक्षक खटाएकाे छ । जिल्लाकाे लिखु गाउँपालिकामा भने पर्यवेक्षक नरहेकाे जनाएकाे छ ।

अभिमुखिकरणपछि पर्यवेक्षकहरुलाई नियाेक जिल्ला संयाेजक पेमडाेमा शेर्पाले सपथ गराएकी थिइन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पर्यवेक्षकहरुकाे महत्वपूर्ण भूमिका रहने भएकाले दायित्व र जिम्मेवारी अनुसार पर्यवेक्षकले काम गर्नु पर्ने अध्यक्ष शेर्पाकाे भनाइ छ । अभिमुखिकरणमा नियाेक जिल्ला समितिका पदािधकारी र पर्यवेक्षकहरु सहभागी थिए ।

निर्वाचन आयाेगकाे अनुमतिले फागुन २१ काे प्रतिनिधि सभाकाे निर्वाचन पर्यवेक्षणका लागि नियाेकले ७७ जिल्लामा छाेटाे र लामाे समयकाे पर्यवेक्षक खटाएकाे लामाे समयका पर्यवेक्षक शिवप्रसाद ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!