• २०८२, २३ फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा दिउँसो ४ बजेसम्म ५२  हजारभन्दा बढी मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ५२ हजार ६३३ मत  (४२.८९ %) खसेको हो । जसमा २५ हजार ९७७ महिला २६ हजार ६५५ पुरुष रहेका छन । र

जिल्लामा यस निर्वाचनका लागि १ लाख २२ हजार ७१५ जना मतदाता रहेका छन्। उनीहरूका लागि ८४ मतदान स्थल र १५७ मतदान केन्द्र तोकिएका छन्। अधिकांश केन्द्रमा बिहानदेखि नै मतदाताको बाक्लो उपस्थिति देखिएको थियो। निर्वाचन कार्यालयका अनुसार जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान कर्मचारीहरू खटिएर मतदान प्रक्रिया सञ्चालन गरिरहेका छन्।

यद्यपि जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्रमा भने स्थानीयले मतदान बहिष्कार गरेका छन्। प्रदेशिक अस्पताल निर्माण नभएको भन्दै स्थानीयले विरोधस्वरूप मतदान नगरेका हुन्। उक्त केन्द्रमा ७०१ जना मतदाता रहेका छन्। त्यसबाहेक जिल्लाका अन्य केन्द्रहरूमा भने मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन्। निर्वाचन कार्यालयले साँझसम्म मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!