ओखलढुंगा। जिल्लाको मोलुङ गाउँपालिका–४, मानेचौरमा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद ३३ हजार २ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार स्थानीय टेकबहादुर मगरको घरमा (बुधबार) तास खेलिरहेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय बरुणेश्वर, रामपुरबाट प्रहरी टोली खटिएको थियो । उक्त स्थानबाट नगदसहित जुवातास खेल्ने तथा खेलाउने पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा पर्नेमा मोलुङ गाउँपालिका–४ का ६० वर्षीय टेकबहादुर मगर, ३३ वर्षीय सुनिल मगर, ४७ वर्षीय सोमबहादुर कार्की, २१ वर्षीय युवराज ठटाल तथा सुनकोशी गाउँपालिका–१० का ४६ वर्षीय पेसलकुमार धमला रहेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
साङ्केतिक तस्बिर


