• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ६ ठाडेका आगलागी पिडित परिवारलाई दुई जनप्रतिनिधीले आर्थीक सहयोग गरेका छन् । संबिधानसभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा र सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष बिनोद ताम्राकारले पिडित परिवारलाई आर्थीक सहयोग गरेका हुन् ।

बिहिबार आगलागी पिडीत डम्बर बहादुर मगरको घरमै पुगेर वडा अध्यक्ष तम्राकारले खतिवडाको तर्फबाट रु १० हजार र आफ्नो तर्फबाट रु ५ हजार गरी एकमुष्ठ रकम रु १५ हजार रुपौया सहयोग गरे । बुधबार बेलुका घरमा अचानक भएको आगालागीबाट मगरको चार तले ढुंगा माटोले बनेको घर जलेर पुर्ण रुपमा क्षेती भएको थियो । आगलागीबाट उनको करिब २० लाख मुल्य बराबरको क्षेती भएको प्रहरीको प्ररम्भीक अनुमान छ ।

आगलागीबाट पिडित बनेका मगरका परिवारलाई सान्त्वना स्वरुप थोरै भएपनि आर्थीक सहयोग गरेको वडा अध्यक्ष तम्राकारको भनाई छ । दुख पर्दा भेटेर सान्त्वना दिदा समेत पिडित परिवारका लागी ठुलो राहात हुने उनको बिश्वास छ । पिडित मगरले आफुसंग भएको सम्पती आगोसंगै डढेर खरानी भएको भन्दै सहयोगी दातको सहयोग र सान्त्वनाले आफुलाई हौसला मिलेको प्रतिकृया दिए ।

उनले सहयोगी दातालाई धन्यवाद समेत ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!