रामेछाप: जिल्ला प्रशासन कार्यालय रामेछापमा सेवाग्राहीको भिड बढेको छ । नेपालीहरुको महान चार्ड बडादशैपछि कार्यालयमा नागरिकता,नागरिकता प्रतिलिपि ,राहादानी तथा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको हो ।
रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका नागरिकहरु चाडबार्डको समयमा घरमा आउने र सोही अवसरमा नागरिकता,राहादानी लागायतका कागजात बनाउने भएकाले कार्यालयमा भिडभाड बढेको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए । नागरिकको समस्यालाई मध्येनजर गर्दै कार्यालयले बिहान ८ देखी बेलुका ८ बजेसम्म सेवा प्रभाव गरेको प्रजिअ रेग्मीको भनाई छ ।
कार्यालयमा आउने सेवाग्राहीको ब्यवस्थापनका लागी टोकन सिस्टम समेत लागु गरिएको छ । कार्यालयमा तुलानात्मक रुपमा यस अघि भन्दा तिन गुणा बढी सेवाग्राही आउने गरेका छन् । यसअघि दैनिक ५० को हाराहारीमा बितरण हुदै आएको नागरिकता प्रतिलिपि अहिले १ सय ५० बढी बितरण हुने गरेको प्रजिअ रेग्मीले बताए ।
तर सेवाग्राहीले भने कार्यालयले प्रदान गर्दै आएको सेवाबाट सास्ती खेप्नु परेको गुनासो गरेका छन् । कार्यालयबाट प्रवाह हुने सेवा लिन लामो समयसम्म लाईन बस्नु परेको तथा अव्यवस्थित भिडभाडले समस्या भएको सेवाग्राही सुशिल चौलागाँइले बताए । उनले नागरिकको सहजताका लागी राखिएको टोकन तथा लाईन सिस्टमलाई प्रभावकारी बनाउन समेत सुझाव दिएका छन् ।