• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ११ का होटल ब्यवसायी प्रमोद कुमार केसी राप्रपामा प्रवेश गरेका छन् । लामो समयदेखी स्वतन्त्र रुपमा रहदै आएका केसी आईतबार एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गरेका हुन् ।

केसीलाई राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले नेपालको झन्डा ओढाएर स्वागत गरेका थिए । राप्रपा प्रवेश गर्दै ब्यवसायी केसीले देशको परिस्थिती , भ्रष्टचार , भेदभाव र नातावाद लगायतकाबाट बिरक्तीएर राप्रपा रोजेको बताए ।

उनले देशले रोजेको र खोजेको पार्टी राप्रपा भएको बताउदै देशमा शुसासन,शान्ति सुरक्षा र जनतले पाउने अधिकार स्थापित गर्न राप्रपाको बिकल्प नभएको बताए ।

केसीले आगमी दिनमा जिल्लामा राप्रपाको संगठन बिस्तार गर्दै पार्टीलाई मजबुत बनाउने गरी अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!