• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा आज अश्विन शुक्ल पूर्णिमाका साथै दशैंको समापनको दिनपनि । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयले जनाएको छ । यस्तै आज लाग्ने चन्द्रग्रहण एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!