• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः जिल्लाको खिजिदेम्बा गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । काठमाण्डौंबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका आउदै गरेको बा १८ च ७१५१ नम्बरको बोलेरो दुर्घटनामा परि बोलेरो चालक खिजिदेम्बा गाउँपालिका वडा नं. ४ चर्नालुका सुरज तामाङ गम्भिर घाईते भएका हुन् ।

काठमाण्डौंबाट यात्रुहरु लिएर गाउँ आउने क्रममा मंगलबार साँझ साँढे ७ बजेतिर खिजिदेम्बा गाँउपालिका वडा नं. ३ को तनुवादेवि थान नजिकै सडकबाट बोलेरो खसेर दुर्घटनामा परेको थियो । बोलेरोमा चालक मात्र रहेका थिए । दुर्घटनामा परेको बोलेरोले काठमाण्डौंबाट यात्रु लिएर आएको भएपनि सबै यात्रुहरुलाई झारिसकेर चालक घर जाने क्रममा बोलेरो दुर्घटनामा परेको खिजिदेम्बाबाट पूर्व वडा अध्यक्ष एवम् नेकपा एमाले जिल्ला कमिटि ओखलढुङ्गाका सचिब कमल न्यौपानेले जानकारी दिए ।

घटना राति भएकोले बत्ति बालेर गएको बोलेरो दुर्घटना हुनासाथ स्थानीयले उद्धार गरेका थिए । गम्भिर घाईते चालकलाई उद्धारगरि तत्काल एम्बुलेन्स मार्फत काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।

घाईतेको अबस्था गम्भिर भएपनि हाल अबस्था सुधार हुदै गएको चालक तामाङको पारिवारिक श्रोतले जनाएको छ । घाईते चालक तामाङको हाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको पनि खिजिदेम्बाबाट न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!