• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदाैरे स्थित सिङेडाँडामा लेनदेन विवाद हुँदा एक ब्यक्ति माथी धारिलो हतियार (कट्टा) प्रहार भएको छ । स्थानीय ५५ वार्षिय विमल केसी र ६१ वार्षिय भुलबहादुर बिक बिच  लेनदेनको बिबाद हुँदा केसिले बिकलाइ  कट्टा प्रहार गरेका हुन ।

आज (शनिबार) दिउँसो केसीले बिच बाटोमै कट्टा प्रहार गरेका हुन । कट्टा प्रहारबाट बिक  घाइते भएका छन । केसीले यस अघि पनि सामान्य लेनदेनको बिषयलाइ लिएर स्थानीयको घरमा चाबी लगाइदिने, कुटपिट गर्ने, सार्बजनिक स्थानमा गालीबेइज्जती गर्ने जस्ता अमर्यादित क्रियाकलाप गर्ने गरेको स्थानीयको गुनासो छ । कट्टा प्रहारको घटना पछि स्थानिय समेत त्रसित बनेका छन ।

यता जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले भने लेनदेनको विषयमा दुई पक्षबिच झगडा हुँदा केसी सहित ३ जना सामान्य घाइते भएको बताए । उनका अनुसार  बिक र केसि सहित झगडा छुट्टाउने क्रममा सिद्धिचरण नगरपालिका २ का ६० वर्षिय दलबहादुर बिक समेत घाइते भएका छन ।

उनिहरु तिनै जनाको सामुदायिक अस्पताल सोब्रुमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको उनले बताए । केसीले बिकलाइ कट्टा प्रहार गरि हत्याको प्रयास गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!