• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका १२ सितलपुरमा एक बालकको लडेर मृत्यु भएको छ । स्थानीय  १२ वर्षिय सौरव राईको लडेर मृत्यु भएको हो ।

केही दिन अघि उनी घरछेउमै  लडेका थिए । लडेर उनको बांया खुट्टाको घुंडा समेतमा चोट लागि निजलाई घरमा नै राखिएको थियो ।

आज (बिहीबार) बिहानबाट  थप समस्या देखिएपछि उपचारको लागी सामुदायिक मिसन अस्पताल ओखलढुंगामा ल्याइएको थियो । डाक्टरले चेकजांच गरी हेर्दा निजको मृत्युु भैसकेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्याल ओखलढुंगाबाट आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी प्रहरी टोलि त्यसतर्फ गएको थियो । टोलीले कानुनि प्रकृया समेतको कार्य सम्पन्न गरि मृत लासलाइ पो.मा.को लागि जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!