• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका २ ठुलाछापमा जंगली जनावर चितुवा तथा बाघको आतंक बढेको पाइएको छ । केही दिनयता बाघ तथा चितुवाले गाउँमा पसेर घरपालुवा जनावरहरु माथी आक्रमण गरि मार्ने गरेका छन ।

गएराती (सोमबार) स्थानीय रुद्रबहादुर कटवालको खोरमा रहेको माउ बाख्रोलाइ आक्रमण गरि मारेको पाइएको सिद्धिचरण नगरपालिका २ का वडा अध्यक्ष वसन्त कट्वालले जानकारी दिए । उनका अनुशार केहि समय अगाडि अर्का स्थानीय ज्ञानबहादुर चर्मकारको पनि राती खोरबाट बङ्गुर हराएको थियो ।

त्यस्तै अर्का एक स्थानीयको बन नजिकै चराउन लगिएको खसी मारेको उनले बताए । बाघले खसीलाइ आक्रमण गर्दै गर्दा स्थानीयले देखेको र धपाएको उनको भनाइ छ । सोही दिन स्थानीय हिमालय माध्यमिक विद्यालयको परिसर निशँखे बजारमा बेलुकाको समयमा जोडी बाघ देखा परेको स्थानीयले दाबी गरेका छन ।

गाउँमा बाघ तथा चितुवाको आतंक बढ्न थालेपछि मानिसलाई समेत खतरा हुन सक्ने भन्दै वडा कार्यालयले स्थानीयलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!