ओलखढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका ९ दलीडाँडामा चट्याङले लागेर २ जना घाईते भएका छन । घाईते हुनेमा चम्पादेवी गाउँपालिका ८ बिलन्दुका ३१ वर्षिय चुत्रबहादुर दर्जी र चम्पादेवी ५ पुरानागाउँकी १६ बर्षिया बालिका सबिना लाखे रहेका छन ।
आज (मंगलबार) दिउँसो करिब ३ बजे तिर दलीडाँडाको एक होटलमा खाजा खाँदै गर्दा उनिहरुलाई चट्याङको झिल्को लागेको हो । उनिहरुको तत्काल उद्धार गरि उपचारका लागि नजिकैको स्थानीय स्वास्थ्य चौकीमा लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओलखढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।
यसैबिच चट्याङमा परेर चम्पादेवी गाउँपालिका ९ कै स्थानीय लोकबहादुर मगरले पालेको ३ वटा खसीबाख्रा र ३ वटा कुखुरा मरेका छन । त्यस्तै बाख्राको खोरमा राखिएको सोलार समेतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बीर