• २०८२, २५ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । प्रत्येक वर्ष जेठ १५ गते मनाईने गणतन्त्र दिवश ओखलढुंगामा पनि विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाईएको छ । गणतन्त्र दिवश २०८२ जिल्ला स्तरीय समिति ओखलढुंगाको आयोजनामा सदरमुकाममा विविध कार्यक्रम गर्दै दिवश मनाईएको हो ।

दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय परिसरबाट प्रभातफेरी सुरु गरी बजार परिक्रमा गर्दै जि.स.स हलमा पुगेर सभामा परिणत भएको थियो । सभामा ओखलढुंगा क्याम्पस ओखलढुंगाका प्राध्यापक तोयानाथ काफ्लेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र शैक्षिक अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

दिवशकै अवशरमा ८ वटै तहको सहभागिता रहने गरि संघीय लोकतान्त्रिक व्यवस्थामा युवाहरूको  भूमिका विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा मनकामना मावि मानेभञ्ज्याङ्गकी छात्रा शिक्षा अधिकारी प्रथम, गोल्मादेवी मावि चम्पादेवीकी छात्रा कविता मगर द्धितिय, वरुणेश्वर मावि रामपुर  मोलुङकी छात्रा संगीता कार्की तृतिय र रुम्जाटार मावि सिद्धिचरण नगरपालिकाका छात्र गुणराज दाहाल सान्त्वना भएका छन ।

उनिहरूलाई क्रमशः १० हजार ८ हजार ६ हजार र ४ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमलाई प्रमुख अतिथि तथा  संविधानसभा सदस्य यज्ञराज सुनुवार, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईलगायतले सम्बोधन गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!