ओखलढुंगा । पुल निर्माणको क्रममा लडेर २ जना भारतिय कामदार घाइते भएका छन । जिल्लाको चिसङखुगढी गाउपालिका ३ र ७ सिमाना जोड्ने खार्तेखोला स्थित निर्माणधिन पक्की पुलको काम गर्ने क्रममा लडेर उनिहरु घाइते भएका हुन ।
घाइते हुनेमा भारतिय कामदारहरु बर्ष २६ को इम्रन मिया र बर्ष २० को अरमान मिया रहेका छन । आज (बुधबार) दिउँसो करिब ४: ४० बजेतिर काम गर्ने क्रममा अचानक पुलबाट तल खस्दा उनिहरु घाइते भएका प्रहरीले जनाएको छ ।
घाईते भई इम्रन मियाको दाँया कुममा, कम्मरमा चोट रहेको र अरमान मियाको बाँया कानबाट रगत आएको ,बाँया खुट्टामा चोट रहेको बताइएको छ । उनिहरुको तत्काल उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको थियो । त्यहा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
साङ्केतिक तस्वीर