ओखलढुंगा । जिल्लाको चिसङ्खुगढी गाउँपालिका –८ माम्खामा चट्याङ्गको झटका लागी एक महिला घाइते भएकी छन्।
आज (शनिबार) दिउँसो करिब १२ बजेतिर परेको चट्याङ्गको झटका लाग्दा ३५ वर्षीया प्रेमकुमारी भुजेल घाइते भएकी हुन्। स्थानिय राजु राईको घरमा टीका लाउने क्रममा अचानक चट्याङ्गको झटका लागेपछि बेहोस भएकी थिइन्।
स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


