• २०८२, १९ चैत्र बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–१ बस्ने ३० वर्षीय ईश्वर वाग्ले विधुतिय कारोवार ऐन, २०६३ बमोजिमको कसुरमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार वाग्लेविरुद्ध एक महिलाले दिएको लिखित उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वरुणेश्वर स्थित प्रहरी टोलीले उनलाई बिहीवार पक्राउ गरेको हो।

प्रहरीले वाग्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आज (शुक्रबार) जिल्ला अदालत ओखलढुङ्गाबाट १० दिनको म्याद लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार वाग्लेमाथि विधुतिय कारोवारसम्बन्धी गैरकानुनी गतिविधि गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!