• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

स्क्रीनखबर । पुष २८, ओखलढुङ्गा । निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता विकासमा लागि पर्ने ओखलढुङ्गाका स्थानीय सरकारका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । आज ओखलढुङ्गामा शी लिड्स परियोजनाले आयोजना गरेको लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनीतिक सहभागीता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सहभागीहरुले कानूनी रुपमा महिलाको उपस्थितीलाई अनिवार्य गरेर कागजी प्रकृया पूरा गरेको भएपनि व्याबहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बिचार राखेका थिए । लैङ्गिक रुपमा विभेदमा परेकाहरुको क्षमता विकासका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले ती काम गर्नुपर्ने उनीहरुको भनाई थियो । महिला तथा दलित महिलाहरुलाई अगाडी ल्याउन र सहभागीता बृद्धि गर्न आर्फबाट सुरुवात गर्नुपर्ने उनीहरुले बताएका थिए ।

छलफलमा सहभागी हुदै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्ला प्रशासन कार्यालयले लैङ्गिक मैत्री सेवा प्रवाह गरिरहेको बताएका थिए । कुनैपनि उपभोक्ता समितिमा राखेर उपस्थिती जनाएकै भरमा समाबेशी हुन नसक्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । स्थानीय सरकारहरुले पनि लैङ्गिक मैत्री सेवा प्रवाह गर्दै बार्षिक बजेट तथा योजना निर्माण गर्दा महिला तथा दलित समुदायका नागरिकहरुको क्षमता विकासलाई बढावा दिने कार्यक्रम समेट्नु पर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा परियोजनाको तर्फवाट ओखलढुङ्गाको स्थानीय तहहरुमा भैरहेको कार्यक्रम तथा गतिबिधीहरुको बारेमा शी लिड्स परियोजना सञ्चालन गर्ने दलित महिला केन्द्र (सि.डी.डब्लु.एन) का अध्यक्ष एवम् संबिधान सभा सदस्य हरिजंग दुलारीले जानकारी गराएकी थिईन् । शी लिड्स परियोजना ओखलढुङ्गाका लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका बाहेक अन्य ६ पालिकामा सञ्चालनमा रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा मोलुङ गाउँपालिका, सुनकोशी गाँउपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, राजनीतिक दलका जिल्ला प्रतिनिधी तथा पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!