• २०८१, २७ चैत्र बुधबार
0 COMMENTS

ओखलढुंगा । विद्युत सट् भएर आगलागि हुँदा ४ घरमा क्षती पुगेको  छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ५ खिजीफलाटे बजारको बसपार्क क्षेत्रमा आगलागि हुँदा १ घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आसपास का अन्य ३ घरको झ्यालमा सामान्य क्षती भएको छ ।

शुक्रबार मध्यराति बसपार्क क्षेत्रको लक्ष्मी तामाङको घरबाट आगलागि सुरु भएको थियो । उनको घर पुर्ण  रुपमा जलेको छ । आगलागीबाट सोहि घरमा डेरा गरि कपडा पसल संचालन गर्ने खिजिदेम्बा ३ बस्ने बिनोद सुनुवारको कपडा पसल र दशरथ सुनुवारको होटल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयको प्रयास पछि शनिबार बिहान करिब ३ बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागिका कारण कुनै मानवीय र पशु चौपाया भने क्षति भएको छैन । आगलागीबाट करिब २२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!