• २०८१, २७ चैत्र बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका ९ ककनी स्थित एक घरमा आगलागी भएको छ । आज (आईतबार) विहान करिब ६ : ३० बजेतिर स्थानीय मेख बहादुर तामाङको ढुङगा माटोको गारो फुसको छानो भएको भान्सा घरको चुल्होमा चिया बनाउन आगो बालिएको थियो । उक्त आगोे सल्किन गई अनियन्त्रित हुँदा भान्सा घर संगै जोडिएको ढुङगा माटोको गारो जस्ताको छानो भएको १ तले घरमा समेत आगोलागी भएको हो ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी कोषहाटबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको प्रयासमा झन्डै ३ घण्टा पछि आगो पूर्ण रुपमा नियन्त्रमा लिईएको थियो । आगोलागीबाट भान्साघर र घर पुर्ण रुपमा जलि क्षति हुँदा घर भित्र रहेको सुनचाँदी, नगद, अन्नपात,लत्ता कपडा भाँडा वर्तन समेत पुर्ण रुपमा जली नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्य मानविय तथा पशु चौपाया भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!