ओखलढुंगा । एक १६ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । जिल्लाको सिहिद्धचरण नगरपालिका ९ ज्यामिरेका ३८ बर्षिय राजकुुमार भुजेल पक्राउ परेका हुन ।
भुजेलले गत पौष १७ गते राती ९ बजेतिर ति बालिकालाई बजरजस्ती करणी गरेको र गर्भ समेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ । पिडितका आफन्तको जाहेरीका आधारमा निज भुुजेललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईँटेलले जानकारी दिए ।
पक्राउ परेका भुजेललाई जिल्ला अदालतबाट म्याद थपेर जबरजस्ती करणी मुद्धामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
तस्बीर : सांकेतिक तस्बीर