• २०८१, २५ चैत्र सोमबार
0 COMMENTS

ओखलढुंगा । देशका पहाडी क्षेत्रमा बिहीबार मनाईने होली पर्वमा जिल्लामा अवाञ्छित गतिविधी गरे कारबाही गरिने प्रसासनले जनाएको छ । जिल्ला प्रसासन कार्यालय ओखलढुंगाले आज (मंगलबार) एक सार्वजनिक सूचना जारी गर्दै मर्यादित र शान्तीपुर्ण तरिकाले होली पर्व मनाउन जिल्ला बासीलाई आग्रह गरेको हो ।

होली पर्वलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा मनाउन अनुरोध गर्दै प्रसासनले अवाञ्छित गतिविधी गरे/गराईए प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ । प्रसासनद्धारा जारी सुचनामा होली पर्वको अवसरमा जबरजस्ती रङ्ग हान्ने, लोला हान्ने, फोहोरहरु छ्याप्ने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख, हैरानी, कष्ट दिने, बाटो अबरोध गरि सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरुमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ ।

त्यस्तै कसैले पनि निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न र स्वास्थ्य सुरक्षालाई ध्यान दिन आग्रह गरिएको छ । प्रशासनले होलीलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनात्मक बनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सहयोग गर्न पनि आग्रह गरेको छ । जारी सुचनामा नगर्न भनिएको कार्य गरेको वा गराईएको पाईएमा पनि कारबाही हुने प्रसासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!