• २०८१, २५ चैत्र सोमबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको पाचौं जिल्ला सभा तथा चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम अर्ध वार्षिक समिक्षा कार्यक्रम आज (मंगलबार) बाट सुरु भएको छ । भोली समापन हुने गरि जिल्ला समन्वय समिति ओखलढुंगाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

समन्वय समितीको सभाहलमा सुरु भएको जिल्ला सभा तथा समिक्षा कार्यक्रममा जिल्ला स्थित ८ वटै स्थानीय तह र विकासे कार्यालयहरुले चालु आर्थिक वर्षको हालसम्मको कार्यप्रगति विवरण, बार्षिक बजेट,खर्च, उपलब्धी, समस्या तथा चुनौती आदी बारे कार्यपत्र पस्तुत गरेका छन । प्रस्तुत कार्यपत्र अनुशार जिल्लाका धेरै विकासे कार्यालयहरु तथा स्थानीय तहमा विकासको वार्षिक बजेट खर्च न्यून देखिएको छ ।

चालु आर्थिक वर्ष सकिन धेरै समय बाँकी नरहेकाले विकास बजेट फ्रिज हुन सक्ने भन्दै यसलाई प्रभावकारी ढंगबाट चाँडो भन्दा चाँडो खर्च गरिनुपर्ने कार्यक्रममा सहभागीहरुले सुझाएका छन । जिल्ला समन्वय समिती प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा सुरु भएको जिल्ला सभालाई कोशी प्रदेशका सांसदद्धय बाबुराम गौतम र प्रदिपकुमार सुनुवार, पुर्व सांसद अम्बिरबाबु गुरुङलगायत जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीले सम्बोधन गरेका छन ।

सभामा कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समितिका सभापति भट्टराईले समन्वय समितीले हालसम्म गरेको गतिविधि, समस्या चुनौती र नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममै जिल्ला स्थित अधिकांश स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले जिल्ला स्थित कतिपय विकासे कार्यालयहरुले आफ्‌नो स्थानीय तहमा योजना सञ्चालन गर्दा आफुहरुसंग आवश्यक समन्वय नै नगर्ने गरेको गुनासो गरेका छन ।

स्थानीय तहलाई वास्तै नगरी आयोजना तथा योजना सञ्चालन गरिँदा कतै आवश्यक नै नभएको ठाउँमा योजना पर्ने तर कतै अति आवश्यक ठाउँमा पनि योजना नपर्ने जस्ता समस्या आउने गरेको उनिहरुको भनाई छ । आगामी दिनमा जिल्ला स्थित विकासे कार्यालयहरुले आफ्‌नो स्थानीय तहमा आयोजना तथा योजना सञ्चालन गर्दा स्थानीय तहसंग आवश्यक समन्वय गर्न समेत आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!