• २०८२, २५ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । सुनकोशी नदिमा हामफालेर एक पुरुष बेपत्ता भएका छन । आज (आईतबार) बेलुका करिब ५ : ४० बजेतिर जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ माझीगाउँ स्थित सुनकोशी नदिमा उनले हामफालेका हुन । अन्दाजी ४५ पचास वर्षको जस्तो देखिने, सेतो सर्ट, निलो पाईन्ट र फुस्रो क्याप लगाएका ति पूरुषले नदिमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । सोहि क्रममा मकालु सप्mट कम्पनीको खैरो रंगको चप्पल फेला परेको छ ।

नदिमा हाम फाल्ने ति पुरुषको परिचय खुल्न बाँकी रहेको र हालसम्म (यो समाचार तयार पार्दासम्म) फेला नपरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

तस्वीर : खोजतलासको क्रममा भेटिएको चप्पल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!