ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा यात्रुबाहक बस दुर्घटना भएको छ। ओखलढुङ्गाबाट टेकनपुर यात्रु लिन जाँदै गरेको बा.प्र.०१–००६ ख ५३४८ नम्बरको बस रामपुर भित्री सडक खण्डमा अनियन्त्रित भइ दुर्घटना भएको हो।
आज (मंगलबार) बिहान करिब ८: १०बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुशार बसको अगाडिको भागमा क्षति पुगेको छ । मानवीय क्षति भने नभएको र बस दुर्घटना स्थलमै रहे पनि यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।
दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
तस्बिर श्रोत : सामाजिक संजाल


